FAQs Complain Problems

छत्रेश्वरी गाउँपालिकाकाे संक्षिप्त परिचय

‌‌छत्रेश्वरी गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत सल्यान जिल्लाका साविकका ४ वटा गा.वि.स. हरु क्रमशः दमाचैार, केार्बाङझिम्पे, लेखपोखरा र छायाँछेत्र मिलेर बनेको हो । यस गाउँपालिकाको क्षेत्रफल १५०.६९ वर्ग किलोमिटर रहेको छ । गाउँपालिकाको पुर्वमा रोल्पा जिल्ला पश्चिममा शारदा नगरपालिका उत्तरमा बागचैार नगरपालिका र दक्षिणमा त्रिवेणी र कपुरकोट गाउँपालिका पर्दछन् । छत्रेश्वरी गाउँपालिका समुद्री सतहबाट ८३९ मिटरदेखी २८०० मिटरसम्मको उचाइमा अवस्थित रहेको छ ।यस गाउँपालिकाको नामाकरण छत्रेश्वरी रहनुमा साविकको छायाँक्षेत्र गा.वि.स. मा रहेको छायाँक्षेत्र स्थित प्रख्यात छत्रेश्वरी देवीको मन्दिरको नामबाट कायम भएको हो । यो मन्दिर सल्यान जिल्लामा मात्र नभइ देशै भरी नै प्रख्यात छ । जसको बारेमा श्री स्वथानी व्रतकथामा समेत उल्लेख गरिएको छ । यस गाउँपालिकाको स्थापना २०७३ साल फगुन २२ गते भएको हो । यस गाउँपालिकामा सामुदायिक र संस्थागत जम्मा ४३ वटा शिक्षण संस्थाहरु संचालन रहेका छन् । वि.सं. २०७८ को जनगणना अनुसार यस गाउँपालिकाको जनसंख्या २१२४२ रहेको छ जसमध्य महिलाको जनसंख्या ११२२३ र पुरुषको जनसंख्या १००१९ रहेको छ ।